Logo

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी, सबैभन्दा बढी औषधोपचारमा

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी, सबैभन्दा बढी औषधोपचारमा



काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख ७२ हजार ४ सय १३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १ सय ८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १ करोड ८६ लाख ३० हजार १ सय ४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

हालसम्म १२ अर्ब ७६ करोड योगादन रकम सङ्कलन भएको छ । कोषले ४ प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४ सय ७८ रोजगारदाता र ३ लाख ८ हजार ९ सय ७८ योगदानकर्ता आबद्ध भएका छन् । बागमतीबाट ११ हजार २ सय ६६, प्रदेश नं १ बाट १ हजार ८ सय ३०, लुम्बिनीबाट १ हजार ४ सय ७, गण्डकीबाट ७ सय ५९, मधेसबाट ७ सय ३८, सुदूरपश्चिमबाट २ सय ३८ र कर्णाली प्रदेशबाट २ सय १० रोजगारदाता आबद्ध भएका छन् ।

कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट २ लाख ३२ हजार ३ सय ३५, प्रदेश नं १ बाट ३१ हजार ८ सय २०, मधेस प्रदेशबाट १८ हजार १ सय ८२, गण्डकीबाट १२ हजार ७ सय ६२, लुम्बिनीबाट ११ हजार ६ सय ६७, सुदूरपश्चिमबाट १ हजार २ सय ३३ र कर्णालीबाट ९ सय ८८ योगदानकर्ता सूचीकृत भएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL