Logo

डब्लूएचओले भन्यो–नेपाललगायत ५७ मुलुकमा ओमिक्रोनको सब-भेरियन्ट सक्रिय

डब्लूएचओले भन्यो–नेपाललगायत ५७ मुलुकमा ओमिक्रोनको सब-भेरियन्ट सक्रिय



काठमाडौं । नेपालमा पनि ओमिक्रोनको सब–भेरियन्ट (सह–प्रजाति) सक्रिय रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएको छ । डब्ल्यूएचओले नेपाललगायत विश्वका ५७ मुलुकमा ओमिक्रोनको सब भेरियन्ट सक्रिय बन्न थालेको बताएको हो ।

डब्ल्यूएचओका कोभिड प्रतिकार्य टोलीका सदस्य डा बोरिस पाभलिनले ओमिक्रोनको सब भेरिएन्ट सक्रिय बन्न थालेको जानकारी गराएका हुन् । यो नयाँ सह–प्रजाति पनि शुरूको ओमिक्रोन भेरियन्ट बीए डट वान जस्तै भएको उनको भनाइ छ ।

यसबाट संक्रमित भएकाहरूमा पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको बताइएको छ । त्यस्तै, अहिलेका खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध राम्रो काम गरिरहेको पनि डब्लूएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL