Logo

सिभिल होम्सका सवै घर सुरक्षित, सिटिसी मल बस्न योग्य

सिभिल होम्सका सवै घर सुरक्षित, सिटिसी मल बस्न योग्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल होम्स प्रालिले आफु अन्तर्गतका घरहरु सवै सुरक्षित रहेको जानकारी दिएको छ । कम्पनीले आफूले निर्माण गरेका अपार्टमेण्ट तथा सिटिसी मलबाहेक अन्य परियोजनाका घर तथा पर्खालहरु सुरक्षित रहेको बताएको हो ।

आइतवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । ‘सिभिलको अपार्टमेन्ट तथा सिटिसि मलका बाहिरी भागमा सामान्य क्षती पुगेको हो’ कम्पनीका सल्लाहकार तथा प्रवक्ता भिम खकुरेलले भने ‘अन्य सवै परियोजना सुरक्षित छन् । ’

सो अवसरमा कम्पनीले बैशाखमा गएको भूकम्पले पारेको प्रभाव, व्यवस्थापन तथा आफ्ना प्रतिबद्घता समेत सार्वजनिक गरेको छ । त्यस्तै भूकम्पपछि सरकारले ल्याएको मापदण्डको पूर्ण पालना गर्दै सुन्धारास्थित सिटिसी मलको क्षति पुगेको बाहिरी भागको मर्मत सम्भार कार्य सकिएको खकुरेलले बताए ।

यससँगै सो मलमा विभिन्न प्रकारका ब्राण्डेड सामानका पसलहरु खोल्ने कार्य तीव्र रुपमा अघि बढेको बताइएको छ । मलको भुई तला देखि दोस्रो तल्लासम्म अन्तरराष्ट्रिय ब्राण्डेड कम्पनीका उत्पादन,राख्ने योजना रहेको बताइएको छ । त्यसैगरी तेस्रो र चौथो तलामा देशकै सबभन्दा ठूलो मोबाइल बजार स्थापना भई सञ्चालनमा आएको छ ।

पाचौं तलामा मोबाइल कम्पनीका सर्भिस सेण्टर तथा सातांै तला देखि माथि कर्पोरेट अफिसहरु रहने ब्यवस्था मिलाइएको बताइएको छ । मलको सबैभन्दा माथिल्लो तलामा हेलिप्याडको समेत ब्यवस्था गरीएको छ ।

कम्पनीले हालसम्म २ हजार घरहरु बनाई उपभोक्ताहरुलाई हस्तान्तरण गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL