Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुँदै

सुनको मूल्य बढ्यो, प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुँदै



काठमाडौं ।नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७०० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै बुधबार चाँदी तोलाको १५ रुपैयाँले बढेर प्रतितोला १२५५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी तोलाको १२४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL