Logo

अर्बौं उठाएर भागेका ग्रीनलाइनका संचालक अग्रवालको बसोबास युएईमा, कसरी गरे क्यापिटल फ्लाईट ?

अर्बौं उठाएर भागेका ग्रीनलाइनका संचालक अग्रवालको बसोबास युएईमा, कसरी गरे क्यापिटल फ्लाईट ?



काठमाडौं । नेपालीको अर्बौं रुपैयाँ उठाए भागेका मदिरा कारोबारी अग्रवाल दाजुभाई संयुक्त अरब इमिरेट्स (युएई) मा पुटेको तथ्या सार्वजनिक भएको छ । यस अघि नेपालबाट भागेका मदिरा कारोबार अमित अग्रवाल (दाई) युएई पुगेको आंकलन गरिएको थियो । तर, हाल अभिषेक अग्रवाल (भाई) पनि युएईमा भेटिएको मदिरा व्यवसायीहरुले बताएका छन् ।

अघिल्लो हप्ता एक मदिरा उत्पादन कम्पनीले नेपालका मदिरा व्यवसायीहरुलाई युएईको भ्रमणमा लगेको थियो । सोही क्रममा युएईको एक होटलमा अभिषेक अग्रवालाई भेटिएको भ्रमण टोलीका एक मदिरा व्यवसायीले बिजखबरलाई बताए । ‘हामीले नेपालबाट भागेको भनिएको अभिषेक अग्रवाललाई युएईको एक होटलमा भेटेका थियौं,’ ती व्यवसायीले भने, ‘हामीले देखेर बोलायौं तर उनी भागे ।’

भारतको हरियाणबाट नेपालमा आई विभिन्न कम्पनी खडा गरी मरिदा आयात तथा होलसेल बिक्री वितरण गर्दै आएका अग्रवाल दाजु भाईले वाणिज्य बैंक, सहकारी, मिटरव्याजी र जग्गा बैंनापट्टा वापत ठूलो रकम असुल गरी भागेका छन् । उनीहरुले नेपाली बैंकबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएका छन् भने सहरकारीबाट पनि ठूलो मा त्रामा कर्जा लिएको बुझिएको छ । यसैगरी मिटरब्याजीसँग ५० करोडभन्दा बढी कर्जा लिएको खुल्न आएको छ भने उनीहरुले सस्तोमा आफ्नो जग्गा दिनेभन्दै धेरैजनासँग ठूलो रकम उठाएको बुझिएको छ ।

अग्रवाल दाजुभाईले पछिल्लो समय गलत मनशायले नै ठूलो परिमाणमा रकम असुली गरेको र उक्त रकम नेपालबाट बाहिर बठाएको उनीहरु सम्बद्ध जानकारहरु बताउँछन् । ‘अभिषेक अग्रवाल नै विगत डेड बर्षदेखि नेपालमा खासै बस्दैन्थे, उनी कहिले भारत कहिले कुन देश पुगेका हुन्थे,’ उनी सम्बद्ध एक जानकारले भने, ‘उनको पछिल्लो गतिविधि संकास्पद थियो सायद उनले नेपालबाट ठूलो मात्रामा रकम बाहिर लगेको हुनुपर्छ ।’

अग्रवाल दाजुभाईले नेपालमा अमिअभि ट्रेडिङ, अलायन्स डिस्ट्रिब्युटर्स, ग्रीनलाइन, ग्रीनलाईन टुलगायतका कम्पनी खोलेर मदिरा आयात तथा विक्री गर्दै आएका थिए । कोरोना पछि उनीहरुको ब्यवसायमा समस्या उत्पन्न भएसँगै गलत मनसायले अर्बौं रुपैयाँ उठाएर भागेका हुन् । साथै उनीहरुले त्यसरी उठाएको रकम हुण्डीमार्फत युएईमा पुर्याएको हुनसक्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

उनीहरु भाग्दा बैंकले प्रबाह गरेको कतिपय कर्जा असुली भएपनि सहकारी संस्था, मिटर ब्याजी र जग्गा बैना वापत उठाएको ठूलो रकम गुम्ने भएको छ । यता नेपाल प्रहरीले भने अग्रवाल परिवार भारतमा रहेको भन्दै अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL