Logo

पेट्रोलको मूल्य प्रतिलिटर ३ रूपैयाँले बढ्यो, निगमको पाक्षिक घाटा अझै २ अर्व २३ करोड

पेट्रोलको मूल्य प्रतिलिटर ३ रूपैयाँले बढ्यो, निगमको पाक्षिक घाटा अझै २ अर्व २३ करोड



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य एकैपटक प्रतिलिटर ३ रूपैयाँले बढेकाे छ । नेपाल अायल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएकाे हाे ।

ईण्डियन आयल कर्पाेरेसनले आजै लिटर पेट्रोल ४ रूपैयाँ ९२ पैसा, डिजेल ७ रूपैयाँ २४ पैसा, मट्टितेल र८ रूपैयाँ ८० पैसा र हवाई इन्धन रू. ७ रूपैयाँ ४८ पैसाले बढाएर पठाएकाे थियाे । तर एल.पी. ग्यासमा भने प्रति सिलिण्डर ८१ रूपैयाँ ६२ ले घटाएर पठाएकाे थियाे ।

जस अनुसार निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ६० करोड घाटा ( महिनामा करिब रू. ५ अर्व २० करोड) हुने स्थिति देखिएको थियो । तर मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब रू. २ अर्व ६० करोडबाट करिब रू. ३७ करोडले घटेर करीब रू. २ अर्ब २३ करोड घाटा हुने देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL