Logo

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा नियुक्त गरिएको मन्त्रिपरिषद स्रोतले जानकारी दियो । अधिकारी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख (निर्देशक) थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL