Logo

चुनावी चहलपहलसँगै बजारमा सुधार, लगानीकर्ताको आकर्षण जलविद्युत र विकास बैंकमा

चुनावी चहलपहलसँगै बजारमा सुधार, लगानीकर्ताको आकर्षण जलविद्युत र विकास बैंकमा



काठमाडौं । सरकारले जेठ ५ गतेभित्रै स्थानीय तहको निर्वाचन गर्ने बताएसँगै सेयर बजारले पुनः उकालो यात्रा तय गरेको छ । मंगलबार दिनभरजस्तो उतारचढाव आएको बजार अन्तिममा १९.२६ अंकले बढ्न पुगेको छ ।

मंगलबार जलविद्युत र विकास बैंक उपसमुह उच्च अंकले बढ्दा समग्र नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएको छ । बजारमा ती दुबै समुहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

बजारमा सबैभन्दा बढी जलविद्युत उपसमुह ३.२२ प्रतिशतले बढ्दा विकास सबैं उपसमुहमा १.६१ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी बजारमा फाइनान्स उपसमुह पनि १.४४ प्रतिशतले बढ्न पुगेको छ । तर दोहोरो अंकले बढेको बजारमा जीवन बीमा, व्यापार, पर्यटनलगायतका उपसुमहमा भने गिरावट आएको छ ।

दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार ६ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२३ कम्पनीको १ करोड २१ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL