Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य आज ९१ हजार ८०० रुपैंया कायम भएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ । ।

प्रतिक्रिया दिनुहोस्
MBL