Logo

दूधको मूल्य बढाउने सरकारको निर्णय, लिटरको कति पुग्यो ?

दूधको मूल्य बढाउने सरकारको निर्णय, लिटरको कति पुग्यो ?



काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकारले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ ।

यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्