काठमाडौं । हराएको खोप खोज्न गठित समितिले खोपको हालसम्मको अवस्थाको एकिन तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले माघ २१ गते दिउँसो ३ देखि ४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले नै संसदीय समितिलाई २४ लाख डोज खोपको कुनै तथ्यांक नभेटिएको जानकारी गराएको थियो ।
सोही अनुसार स्वास्थ्यमन्त्री विरोध खतिवडाले आईतबारमात्रै ५ सदस्यिय छानविन समिति गठन गरेको थियो । आज उक्त समितिले खोपको पुर्ण जानकारी मन्त्रालयमा उपलब्ध गराउन सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको हो ।