काठमाडौं । नेपाल आयल निगममा खालि भएको पदमा कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सुरेन्द्र पौडेलको कार्यकाल सकिएपछि पद खाली भएपछि उद्याग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आवेदन दिन भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।
आयत निगमको कार्यकारी निर्देशक पदका लागि चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारजीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा डा लक्ष्मण पौडेल, लोकबहादुर पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चितरञ्जन दास, रामदेव यादवले आवेदन दिएका छन् ।