Logo

मौलाउँदै अनलाइन जुवा, ७४ जना बौद्धबाट पक्राउ

मौलाउँदै अनलाइन जुवा, ७४ जना बौद्धबाट पक्राउ



काठमाडौं । प्रहरीले अनलाइनमार्फत जुवा खेलेको आरोपमा ७४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेल्ने ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका ६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङ समेत ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्नुकर हाउसमा हार जित हुनेगरी बिङ्गो खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL