Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा तोलामा ४ सयले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि आइतबार छापावाल सुन ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै सोमबार चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १२४० मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि आइतबार चाँदी तोलाको १२५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL