Logo

कोरोनाका कारण ३२ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५०४ संक्रमित

कोरोनाका कारण ३२ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५०४ संक्रमित



काठमाडौं । नेपालमा कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म छुटेका र पछिल्लो २४ घण्टामा भेटिएका गरी कुल ३२ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

जसमा वीरेन्द्र सैनिक अस्पतालमा हालसम्म १२ जना, र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको गरी ३२ जनाको मृत्यु भएको बताईएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ९ सय १० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जनामा र २ हजार ८ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ९१ जना गरी कुल ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्