Logo

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातमा जोरबिजोर हट्यो, विद्यालय भने माघभर बन्द रहने (आदेशसहित)

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातमा जोरबिजोर हट्यो, विद्यालय भने माघभर बन्द रहने (आदेशसहित)



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले नयाँ शनिबारदेखि लागु हुने गरि आदेश जारी गरेका छन् ।

शुक्रबार तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि जारी गरिएको नयाँ आदेशमा निजी तथा ट्याक्सी बाहेकका सार्बजनिक सवारी साधनमा जोर बिजोर हटाइएको छ भने विद्यालय माघ मसान्तसम्म नै बन्द राख्ने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर–विजोर प्राणली हटेको छ । निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने शुक्रबार जारी आदेशमा उल्लेख छ ।

यसअघि शुक्रबार नै बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म शैक्षिक संस्था, फिल्म हल बन्द राख्ने निर्णय गर्न सिफारिस गरेको थियो ।

आदेश

https://drive.google.com/file/d/1zbELaw-8MT9uFLm6BTgnVpFfwgg3JFIy/preview

प्रतिक्रिया दिनुहोस्
MBL