Logo

टिआइएबाट हिमालयनलाई हटाउन अख्तियारको निर्देशन, सटहीको सुविधा वाणिज्यलाई

टिआइएबाट हिमालयनलाई हटाउन अख्तियारको निर्देशन, सटहीको सुविधा वाणिज्यलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्रा्ष्टिय विमानस्थलमा सञ्चालित हिमालयन मनि एक्सचेञ्जलाई हटाउन निर्देशन दिएको छ ।

अख्तियारले नेपाल नागरिक उड्डयन प्रधाकिरण विमानस्थल कार्यालयलाई यस्तो निर्देशन दिएको हो । अख्तियारले विमानस्थलको अनुगमन निरिक्षणको क्रममा हिमालयन मनि एक्सञ्चेजले सेवाग्राहीले मागेको अवस्थामा बाहेक बिल नदिने गरेको अख्तियारले भेटाएको थियो ।

सेवाग्राहीलाई बिल नदिँदा यथार्थ कारोबार नदेखि कर छली हुने भन्दै हट्न निर्देशन दिएको अख्तियारले जानकारी दिएको छ ।

त्यस्तै कर छलीमा संलग्न रहेको तथ्य फेला पारेपछि अख्तियारले विमानस्थलको अराइभलबाट हिमालयनलाई तत्कालै हटाई वाणिज्य बैंकलाई सटही सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्