Logo

११ लट माथीका सवारीलाई सोमबार तेल दिईने, ६३ वटा पम्पबाट वितरण (सूचिसहित)

११ लट माथीका सवारीलाई सोमबार तेल दिईने, ६३ वटा पम्पबाट वितरण (सूचिसहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले सोमबार चारपाङग्रे सवारीसाधनलाई पेट्रोल दिने भएको छ । निगमले ११ लटभन्दा माथीका जीप तथा कारलाई पेट्रोल दिन लागेको हो ।

निगमले सोमबार विभिन्न स्थानका ६३ वटा पम्पबाट पेट्रोल वितरण गर्ने भएको छ । यस अघि बाठमाडौं उपत्यका र काभ्रे जिल्लाबाट पेट्रोल वितरण गर्दै आएकोमा भोली नुवाकोट, रसुवा, दोलखा र सिन्धुपाल्चोक जिल्लाबाट पनि वितरण गर्ने निगमले जानकारी दिएको छ ।

निगमले हरेक पम्पका सोमबार विहान ९ बजेदेखि नै पेट्रोल वितरण गर्न निर्देशन दिएको छ । प्रति सवारीसाधन १५ लिटरका दरले पेट्रोलियम दिइने भएको छ । जसको लागि ब्लुबुक अनिवार्य रुपमा नविकरण भएको हुनुपर्ने निगमले जानकारी दिएको छ ।

हेर्नुहोस सूचि ।

petrol-18petrol-18-1petrol-18-2

 

 

प्रतिक्रिया दिनुहोस्
MBL