काठमाडौं । पछिल्लो २ दिनमा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ दिनअघि अर्थात बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबारसम्म घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको थियो भने शुक्रबार पनि सुनको मूल्यमा सोही अनुसारको गिरावट आएको छ ।
यस्तै पछिल्लो २ दिनमा चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य पछिल्लो २ दिनमा मात्रै ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ पुगेको हो ।