Logo

प्रतितोला ९ सयले घटयो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ९ सयले घटयो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ ।

महासंघले आज छापावाल सुन तोलाको ९३ हजार ५०० मा कारोबार भैरहेको जानकारी दिएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार ४ सयमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रति तोला १० रुपैंयाले घटेर तोलाको १२ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL