काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला आज ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार अघिल्लो दिन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आजका लागि ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।