Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १२ हजार ८ संक्रमित, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १२ हजार ८ संक्रमित, ८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९ सय ३४ जना सक्रिय संक्रमित छन् ।आज कोरोनाकै कारण ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्