काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले जुम्लामा नयाँ शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या २९ पुगेको छ ।
सो शाखाको अन्तर्रा्ष्ट्रिय धावक हरिबहादुर रोकाय तथा जुम्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नरबहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गरे ।
साथै बैंकले विहीबारबाटै यो शाखाबाट वित्तीय कारोबार थालेको जानकारी दिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म करिब ९ अर्व १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै ६ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ । सो अवधिमा बैंकले १५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।