Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ४ सय संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ४ सय संक्रमित, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १७ हजार ४ सय ३७ जनाको नमुना परीक्षण गरिएको थियो ।

१३ हजार ३ सय ७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हनार ५ सय ९८ र ४ हजार ६० जनाको नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्