काठमाडौं । ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४ सय भन्दा बढी जनामा भेरियन्ट देखिएको हो । ओमिक्रोन बीए–२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म ४ सय २६ जनामा सो संक्रमण पुष्टि भएको छ ।
यसअघिका विश्लेषणले नयाँ भेरियन्ट ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो, तथापी वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भेरियन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन् ।
भेरियन्टबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । भेरियन्टले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्ने बारेमा प्रष्ट हुन बाँकी छ । सहप्रजातिले महामारीलाई कस्तो स्वरुपमा लैजान्छ भन्ने बारेमा विज्ञहरुले थप अनुसन्धान गरिरहेको युकेएचएसएका निर्देशक डा मिरा चन्दले बताइन् ।