Logo

शनिबार थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

शनिबार थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै कास्कीमा ४००, मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६।८ प्रतिशत पुगेको छ । बुधबार ५२।६ रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७।९ र ४७।३ थियो । पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL