Logo

स्याङ्जामा मुक्तिनाथ बैंकको साक्षरता कार्यक्रम, नाटकबाट बैंकिङ ज्ञान प्रदान

स्याङ्जामा मुक्तिनाथ बैंकको साक्षरता कार्यक्रम, नाटकबाट बैंकिङ ज्ञान प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्याङ्जास्थित मुक्तिनाथ विकास बैंकको शाखाले पुतलीबजारमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रमको मुक्तिनाथ बैकका तालिम इकाई प्रमुख शर्मिला लम्सालसहित पोखरा अनुगमन कार्यालयका अनुगमन अधिकृत राजेन्द्र पाण्डेले गरेका थिए ।

कार्यक्रममा उनीहरुले नाटकका माध्यमबाट बैंकिङ ज्ञान प्रदान गरेका थिए ।

सो अवसरमा वित्तीय साक्षरता, बचत, ऋण, बीमाका बारेमा जानकारी गराइएका थियो । त्यस्तै कार्यक्रममा लोकदोहोरी गायक लोकनाथ सापकोटाले गीतको माध्यमबाट बैंकका सेवाबारे जानकारी दिएका थिए ।
शाखाका प्रबन्धक ऋषी ढकालले बैंकले प्रदान गर्ने आधुनिक प्रविधिमा आधारित सेवाहरुको बारेमा जानकारी समेत दिए।

प्रतिक्रिया दिनुहोस्
MBL