Logo

नेपाल-भारत संयुक्त कार्य समूहको बैठक शुरु, पिटीए कार्यन्वयनको आधार खोजी गर्ने उद्देश्य

नेपाल-भारत संयुक्त कार्य समूहको बैठक शुरु, पिटीए कार्यन्वयनको आधार खोजी गर्ने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल र भारतको संयुक्त कार्य समूहको बैठक बिहीवारदेखि काठमाडौंमा शुरु भएको छ । दुई देशबीच गत साल भएको विद्युत् व्यापार सम्झौता(पिटिए) को कार्यान्वयन गर्ने आधार खोजी गर्ने उद्देश्यका साथ बैठक सञ्चालन गरिएको हो ।
दुई देशबीच बिहीवार ऊर्जा मन्त्रालयको सहसचिवस्तरीय बैठकमा  विद्युत् व्यापारका लागि सम्भाव्य स्थान, पूर्वाधारको निर्माण तथा आवश्यक नीतिगत विषयमा छलफल भएको बैठकमा सहभागी विद्युत् विकास विभागमा उपमहानिर्देशक मधुप्रसाद भेटवालले जानकारी दिए ।

सन् २०३५ सम्म निर्माण हुने विद्युत् आयोजना तथा नेपाल र भारत दुवै मुलुकले आयात तथा निर्यात गर्दा निर्माण गरिने प्रसारण लाइनका विषयमा नै छलफल केन्द्रित रहेको बताइएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व भेटवालले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको विद्युत् मन्त्रालयका निर्देशक घनश्याम प्रसादले गरेका छन् । कार्यक्रमअनुसार शुक्रबार सचिवस्तरीय बैठकको आयोजना हुदै छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा तथा भारतीय पक्षको नेतृत्व भारतीय विद्युत् मन्त्रालयका सचिव पिके पुजारीले गर्नेछन् ।

त्यस्तै बैठकमा दुई मुलुकबीच विद्युत् व्यापार गर्न अत्तरिया, लम्की, कोहलपुर, बुटवल, ढल्केबर र दुहबी (इनरुवा) नाका प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL