Logo

कोरोना परीक्षणको शुल्क घट्यो : सरकारीमा ८००, निजीमा १५०० भन्दा बढी लिन नपाइने

कोरोना परीक्षणको शुल्क घट्यो : सरकारीमा ८००, निजीमा १५०० भन्दा बढी लिन नपाइने



काठमाडौँ । सरकारले कोरोनाको पिसिआर परिक्षणको शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार पिसिआर परिक्षणको शुल्कमा हेरफेर गरेको हो ।

मन्त्रालयले सरकारी संस्थाबाट यस अघि एक हजारमा गरिदै आएको पिसिआरको शुल्क ८०० बनाइएको छ भने निजी प्रयोगशालाबाट यस अघि बढीमा २००० तोकिएकोमा अब बढीमा १५ सय मात्र लिने गरि तोकिएको जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको हो । प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL