Logo

सुनको मूल्य बढ्यो, ९२ हजार ६०० मा कारोबार हुँदै

सुनको मूल्य बढ्यो, ९२ हजार ६०० मा कारोबार हुँदै



काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ६०० पुगेको छ ।

यसअघि सोमबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार १०० सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मुल्य तोलाको १२ सय ५५ मा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ । यसअघि सोमबार पनि चाँदी तोलाको १२ सय ५५ मा नै कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL