Logo

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको बजार भाउ



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ५०० पुगेको छ ।

यस अघि आइतबार सुन तोलाको ९२ हजार ४०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ५५ पुगेको महासंघले जानकारी दिएको छ । यसअघि आइतबार चाँदी तोलाको १२ सय ५० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL