Logo

दैनिक कोरोना संक्रमितको संख्या ५ हजार पुग्यो, काठमाडौंमा मात्रै भेटिए ३३४७ जना

दैनिक कोरोना संक्रमितको संख्या ५ हजार पुग्यो, काठमाडौंमा मात्रै भेटिए ३३४७ जना



काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण उच्चदरमा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय कोरोना संक्रमणदर उच्च रुपमा बढेको छ ।

नेपालमा आजमात्रै ४९६१ जना कोरोना संक्रमित भेटिएको छ । पछिल्लो २४ घण्टामा कुल १५ हजार १३१ जनाको परिक्षण गरेकोमा उक्त संख्यामा कोरोना संक्रमित भेटिएको हो ।

जसमध्ये १२ हजार ५६२ जनाको पीसीआर परिक्षण गरिएको थियो भने २ हजार ५६९ जनाको एण्टीजेन परिक्षण गरिएको थियो ।

यसैगरी कोरोना संक्रमितको संख्या काठमाडौंमा बढी भेटिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४७ जना कोरोना संक्रमित भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्