Logo

पोखरा उडेको गुणको जहाजमा प्राविधिक समस्या, जहाज काठमाडौं नै फर्काइयो

पोखरा उडेको गुणको जहाजमा प्राविधिक समस्या, जहाज काठमाडौं नै फर्काइयो



काठमाडौं । काठमाडौंबाट पोखराको लागी उडेको गुण एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएको भन्दै फेरी काठमाडौं फर्काइएको छ । आइतबार बिहान १० बजे पोखराका लागि जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जानकारी दिएको छ ।

सो जहाज करिब साढे ८ बजे पोखरा उड्ने तालिका थियो । तर, डिले भएर १० बजे उडेको जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सूचना दिएपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।

ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरेको विमानस्थल कार्यालयले जनाएको छ। अहिले जहाजको प्राविधिक परिक्षण भइरहेको छ । सो जहाजमा सवार यात्रुहरुलाई अर्को जहाजमार्फत पोखरा पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL