Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ४०० मा कारोबार हुँदै

घट्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ४०० मा कारोबार हुँदै



काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजार ४०० पुगेको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७०० सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार ९ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १२ सय ५० पुगेको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार चाँदी तोलाको १२ सय ६० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL