Logo

एनबीआईले शुरु गर्यो ‘एएमएल सर्टिफिकेट कोर्ष’ बैंक वित्तीय संस्थाका कर्मचारी लाभान्वित हुने

एनबीआईले शुरु गर्यो ‘एएमएल सर्टिफिकेट कोर्ष’ बैंक वित्तीय संस्थाका कर्मचारी लाभान्वित हुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई)ले ‘एएमएल सर्टिफिकेट कोर्ष’ को शुरुवात गरेको छ । एनबीआईले भारतको ‘फिन्टिलेक्ट’ नामक संस्थासँगको समन्वयमा उक्त कोर्शको शुरुवात गरेको हो । सो कोर्षको शुरुवातसँगै बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, विप्रेषण कम्पनी, तथा सहकारी संस्थामा कार्यरत कर्मचारीहरु लाभान्वित हुने एनबीआईले विश्वास लिएको छ ।

एनबीआईले ‘एण्टी मनी लण्डरिङ सम्बन्धी सम्मेलनको आयोजना गर्दे उक्त कोषको शुरुवात गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले यस्ता सम्मेलनले मुद्रा निर्मलिकरणलगायतका विषयमा देखिएका चुनौतीहरु संयुक्त प्रयासबाट सामना गर्न सहयोग पुग्ेन बताए । यसैगरी, नेपाल राष्ट्र बैंक फाइनान्सियल ईन्फरमेसन युनिटका प्रमुख रिशिकेस भट्टले सम्मेलनले यस विषयमा सबै तर्फबाट मुद्रा निर्मलीकरण बिरुद्ध लड्न थप जागरुक बनाउने धारणा व्यक्त गरे ।

एनबीआईका अध्यक्ष शोभनदेव पन्तले मुद्रा निर्मलीकरण विषयमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न खालका चुनौतीे सामना गर्नु परिरहेको बताए । साथै हाल देखिएका राजनैतिक अस्थिरता, आर्थिक नाकाबन्दीलगायतले पनि विभिन्न चुनौतीहरु थपिएकाले यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा स्टेट बैंक अफ इण्डियाका पूर्व नायब प्रबन्ध निर्देशक तथा इण्डियन बैकर्स एशोसियसनका बरिष्ठ सल्लाहकार संगित सुक्ला, आरबियल बैंकका अनुपालना बिभागका प्रमुख पुष्पेन्द्र शर्मा, फिन्टलेक्टका प्रमुख कार्यकारी अधिकृत शिरिष पाठक, अक्युटीका दक्षिण एशिया प्रमुख राहुल ओबेरोइ, थ्रीआई इन्फोटेकका दक्षिण एशिया तथा एशिया प्रशान्त क्षेत्र प्रमुख अभय सिन्हालगाएतका अन्तर्राष्ट्रिय विज्ञहरुले मुद्रा निर्मलीकरण विषयमा अन्र्तराष्ट्रिय अनुभव, मुद्रा निर्मलीकरणको सामना गर्न प्राविधिको भूमिका र जोखिमलगायत विषयमा आप्mनो धारण व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL