Logo

दैनिक ३ हजार कटे कोरोना संक्रमित, ५ हजारभन्दा बढी भए लकडाउन गर्न सिफारिस

दैनिक ३ हजार कटे कोरोना संक्रमित, ५ हजारभन्दा बढी भए लकडाउन गर्न सिफारिस



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले दैनिक ५ हजार जनाभन्दा बढीलाई कोराना संक्रमण भए लकडाउन गर्नुपर्ने सुझाव दिएको छ ।

सिसिएमसीका उच्च अधिकारीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ दिँदै दैनिक ५ हजारभन्दाबढी संक्रमित भेटिए लकडाउन गर्नुपर्ने सुझाव दिएको हो ।

सीसीएमसीका प्रतिनिधिहरु प्रधानमन्त्री निवास बालुवाटारमा कोराना महामारीको वर्तमान अवस्था र भविष्यमा सरकारले चाल्नुपर्ने कदमका विषयमा जानकारी गएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेसँगै सीसीएसीले आफ्नो कामकारबाहीलाई सक्रिय बनाएको छ ।

नेपालमा सोमाबार १४४६ जनामा कोरोना संक्रमण भेटिएको थियो भने मंगलबार २४४४ जनामा कोरोना सक्रमण भएको पुष्टि भएको थियो । यसैगरी बुधबार एकैदिन ३०७५ जनामा कोरोना संक्रमण भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL