Logo

नाफा बुक गर्दै लगानीकर्ता : नेप्सेमा ३० अंकको गिरावट आउँदा ८ अर्ब बढीको कारोबार, कम्पनीअनुसार चल्दै लगानीकर्ता

नाफा बुक गर्दै लगानीकर्ता : नेप्सेमा ३० अंकको गिरावट आउँदा ८ अर्ब बढीको कारोबार, कम्पनीअनुसार चल्दै लगानीकर्ता



काठमाडौं । लामो समयदेखि बढिरहेको नेप्से परिसुचकमा बुधबार (आज) गिरावट आएको छ । बुधबार बजार खुलेको केही समय नेप्से परिसुचक बढेपनि अन्तमा ३०.५१ अंकले घट्न पुगेको छ

। बजारमा दोहोरो अंकको गिरावट आएपनि कर्पोरेट डेभलपमेन्ट बैंक, निफ्रालगायत ४ ओटा कम्पनीको सेयर मुल्य बढेर सर्किट हानेको छ । तर अघिल्ला दिनहरुमा उच्च रुपमा बढेको हिमालयन उर्जा, युनियन हाईड्रो लगायतका कम्पनीको सेयर मुल्यमा भने उच्च गिरावट आएको छ ।

बुधबार समग्र नेप्से परिसुचक घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । दिनभर कुल ८ अर्ब ३ करोड करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२९ कम्पनीको १ करोड ५६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

पछिल्लो समय लगानीकर्ताले नेप्सेको उपसमुह अनुसार भन्दा पनि कम्पनीहरु सेयर मुल्यमा खेल्न थालेको एक ठूला लगानीकर्ताले बताए । अघिल्लो हप्ता र यो हप्ताको सुरुवाती दिनमा केही ठूला लगानीकर्ताले माथिल्लो तामाकोशी, हिमालयन ऊर्जालगायतका कम्पनीको सेयर मुल्य उच्च रुपमा बढाएका थिए । तर, बुधबार भने निफ्रा, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य उचालेका छन् ।

‘अहिले सेयर बजार तथ्यांक र विश्लेषणभन्दा पनि कुन ग्रूपले कुन कम्पनीको सेयर खेलाईरहेका छन् सोही अनुरुप मुल्यमा घटवढ भैरहेको छ,’ ती लगानीकर्ताले भने, ‘त्यसको असर स्वरुप नेप्सेमा सुचिकृत समग्र कम्पनीको वृद्धि भन्दा पनि दैनिक रुपमा भिन्नभिन्न कम्पनीको मुल्यमा घटबढ भैरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL