Logo

ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, एकै दिन थपिए २,४४४ संक्रमित

ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, एकै दिन थपिए २,४४४ संक्रमित



काठमाडौं । नेपालमा एकदै दिन २ हजार ४४४ जना कोरोन संक्रमित थपिएका छन् । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्न थालेकामा मंगलबार एकैदिन करिव २५ सय जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो समय दैनिक रुपमा १ हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित थपिन थालेकोमा आज मंगलबार सबैभन्दा उच्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको परिक्षण गरेको थियो । जसमा १,९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन् भने एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ । ही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्