काठमाडौं । नेपाल आयाल निगमले बुधबार चारपाङ्ग्रे सवारीसाधनलाई पेट्रोल दिने भएको छ । निगमले चारपाङ्ग्रे निजी जिप तथा कारलाई पेट्रोल दिन लागेको हो ।
बुधबार १ देखि ६ लटसम्मका सवारीसाधनलाई पेट्रोल दिईने निगमले जानकारी दिएको छ । निगमले विभिन्न ५९ वटा पम्पबाट पेट्रोल दिने भएको छ । जसमा काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेका केही स्थानबाट वितरण गर्न लागिएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
निगमका अनुसार प्रति सवारीसाधन १५ लिटरका दरले पेट्रोल दिइने छ । तर, पेट्रोल लिनका लागि सवारीसाधनको ब्लुबुक अनिवार्य रुपमा नविकरण भएको हुनुपर्ने जनाएको छ । निगमले तोकेको पम्पबाट विहान ९ बजेदेखि पेट्रोल वितरण गरिने छ । नियम अनुसार पेट्रोल वितरण भएको छ वा छैन भनी वाणिज्य विभाग, आयाल निगम र नेपाल प्रहरीका प्रतिनिधिले अनुगमन गर्ने भएको छ ।
कहाँ–कहाँ पाइन्छ हेर्नुहोस सुचिमा