Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ४४६ संक्रमित, काठमाडौंका ८७६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ४४६ संक्रमित, काठमाडौंका ८७६ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् ।

आज काठमाडौं उपत्यकामा थप ८ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्