Logo

सीसीएमसीको सिफारिसबमोजिम माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

सीसीएमसीको सिफारिसबमोजिम माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसबमोजिम आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णगरेको छ ।

मन्त्रालयको सोमबार बसेको बैठकले सिसिएमसीको आइतबारको निर्णय कार्यान्वयनमा गर्ने निर्णय गरेको हो । मन्त्रालयमा सोमबार बसेको बैठकले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

‘हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले भने, ‘ बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।’ शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो ।

आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL