Logo

३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९१ हजार ६ रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको हो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ रहेको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ । यो मूल्य हिजोको तुलनामा ५ रुपैयाँले कम हो ।

प्रतिक्रिया दिनुहोस्