Logo

नेपालमा कोरोना : २४ घण्टामा ९४४ संक्रमित थपिए, आइसीयुमा ८१ र १४ जना भेन्टिलेटरमा

नेपालमा कोरोना : २४ घण्टामा ९४४ संक्रमित थपिए, आइसीयुमा ८१ र १४ जना भेन्टिलेटरमा



काठमाडौं । नेपालमा थप ९४४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६९६ र एन्टीजेन परिक्षणबाट २४८ गरि कुल ९४४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.९ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ११३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९७६२ पिसिआर र ३५०२ नमुना एन्टीजेन परिक्षण गरि कुल १३२६४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १४० पुगेका छन् । त्यस्तै आइसीयुमा ८१ जना छन् भने देशभर १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ५०९ जना छन् भने होम आइसोलेसनमा ५ हजार ६३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४ हजार ४६० जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL