Logo

नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, एकैदिन भेटिए ९६८ जना संक्रमित

नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, एकैदिन भेटिए ९६८ जना संक्रमित



काठमाडौं । विश्वव्यापी रुपमा ओमिक्रोन संक्रमण उच्च रुपमा बढिरहँदा नेपालमा भने कोरोना भाईसकै संक्रमण उच्च रुपमा फैएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्धगराएको तथ्यांक अन्ुसार आजमात्रै नेपालमा कोरोना संक्रमित दोब्बरले बढेको हो ।

मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९७१ नमुना परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर बिहीबार १२ हजार १ सय नमुना परिक्षण गर्दा ५४० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार ८ हजार २७२ जनामा गरिएको पीसीआर परीक्षणमा ५७२ जनामा र ६ हजार ६९९ जनामा एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ ।

यससँगै पछिल्लो २४ घण्टामा २६२ जना कोरानो संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्