Logo

भाइब्रेन्ट गुजरात समिट स्थगित, प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो

भाइब्रेन्ट गुजरात समिट स्थगित, प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिने भएको छ । भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका कारण गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिने भएको हो ।

जनवरी १०–१२ तारिखसम्म गुजरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो पठाएको थियो । आगामी पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।

भारतले कार्यक्रम स्थगित गरेपछि प्रधानमन्त्री देउवाको गुजरात भ्रमणसमेत स्थगित भएको बालुवाटारनिकट स्रोतले जानकारी दिएको छ ।
देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्ने कार्यसूची बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्