Logo

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य प्रतीतोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मङ्गलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो । आज चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ सय ६० मा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ ।

मङ्गलबार नेपाली बजारमा सुन प्रतीतोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्