Logo

मदिरा व्यवसायी महासंघको अध्यक्षमा नेपाल, २२ सदस्यीय कार्यसमिति चयन

मदिरा व्यवसायी महासंघको अध्यक्षमा नेपाल, २२ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्षमा कृष्णप्रसाद नेपाल निर्वाचित भएका छन् । महासंघको १० औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।

उनले आफ्ना निकटम प्रतिस्पर्धी नविनलाल श्रेष्ठलाई ३३ मतले पछिपार्दै निर्वाचित भएका हन् । उनले कुल १ सय ६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी श्रेष्ठले १ सय ३३ मत प्राप्त गरे ।

महासंघको केन्द्रिय उपाध्यक्षमा सोनम शेर्पा र खिमबहादू खत्री निर्विरोध चयन भएका छन् । अञ्चल उपाध्यध्यमा पूर्वाअञ्चलबाट प्रदिपकुमार गुप्ता, मध्यमाञ्चलमा मदन गौतम र पश्चिमाञ्चलबाट डाशीराम सापकोटा निर्वाचित भएका छन् । अन्य २ अञ्चलमा भने चयन हुनै बाँकी रहेको नेपालले जानकारी दिए ।

यसैगरी, महासचिवमा विष्णु खड्का निर्वाचित भएका छन् भने सचिवमा नगेन्द्र श्रेष्ठ निर्वाचित भए । काषध्यक्षमा भने उम्मेदवारी नै नपरेको निर्वाचन कमिटिले जानकारी दिएको छ । तर सहकोषाध्यक्षमा भने मुुकुन्द महर्जन निर्वाचित भएका छन् ।

यस्तै संघको खुला तर्फको सदस्याहरुमा क्रमशः गिरीराज पौडेल, विनोद लुइटेल, मृगेन्द्र गोविन्द श्रेष्ठ, रुपनारायण भुजेल, राजेन्द्रलाल तामाङ र माधवराज निरौला विर्नातिच भएका छन् । यसैगरी, अञ्चल प्रतिनिधिहरुमा भरतकुमार चौलागाई, नविनकुमार तामाङ, सुनिलकुमार चौधरी, शंकरप्रसाद शाह, कमलप्रसाद बुढा, अर्जुन सिग्देल र यादवसिंह कार्की निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्