Logo

यातायात विभागले छान्यो मजदूरका लागि ५ सय ट्याक्सी, असार भित्रै दर्ता गर्नुपर्ने

यातायात विभागले छान्यो मजदूरका लागि ५ सय ट्याक्सी, असार भित्रै दर्ता गर्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले स्वरोजगार मजदूरका लागि गोलाप्रथाबाट ट्याक्सी छनौट गरेको छ । विभागले हिजो च्यासल फुटवल स्टेडियममा गोलाप्रथा गरी ५ सय जना स्वरोजगार मजदूरका लागि ट्याक्सी छनौट गरेको हो ।

नयाँ ट्याक्सी दर्ताका लागि यातायात व्यवस्था कार्यालय, साना ठुला सवारी, बाग्मतीमा स्वरोजगार मजदुर तर्फबाट ६ हजार २ सय ५३ जना स्वरोजगार मजदूरले आवेदन दिएका थिए । जसमध्ये ५ सयजना मात्र छनौट भएका हुन् ।

कार्यक्रममा उपभोक्तासँग सम्वन्धित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको रोहवरमा नेपाल अन्धा कल्याण संघका ५ जना  दृष्टि विहिनले गोलाप्रथाद्वारा ट्याक्सी छनौट गरेका थिए ।

छनौट भएका मजदूरहरुले २०७३ अषाढ मसान्त भित्रमा आफनो नाममा टयाक्सी दर्ता गरि सक्नु पर्ने विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL