Logo

नयाँ संविधान कार्यान्वयनले नेपालको आर्थिक वृद्धिमा टेवा पुग्छ : संयुक्त राष्ट्रसंघ

नयाँ संविधान कार्यान्वयनले नेपालको आर्थिक वृद्धिमा टेवा पुग्छ : संयुक्त राष्ट्रसंघ


बिजखबर संवाददाता
0
Shares

संयुक्त राष्ट्रसंघले नेपालको नयाँ संविधानको कार्यन्वयनले आर्थिक वृद्धिमा टेवा पु¥याउने जनाएको छ । राष्ट्र संघले सन् २०१६ का लागि विश्व अर्थतन्त्रको पुर्वानुमान प्रतिवेदनमा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको अर्थतन्त्रले गति लिएपनि वृद्धिदर भने कम रहने उल्लेख छ । खासगरी कमजोर मनसुनका कारण अर्थतन्त्रले सक्ने भन्दा कम वृद्धि दर हासिल गर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सन् २०१६मा नेपालको आर्थिक वृद्धि दर ४.६ प्रतिशतसम्म पुग्न सक्ने देखाएको छ ।
सन् २०१५ मा ३.३ प्रतिशतको हाराहारिमा भएको नेपालको आर्थिक वृद्धि बढेर ४.६ प्रतिशतसम्म पुग्न सक्ने राष्ट्रसंघको अनुमान छ । संविधानको कार्यान्वयन तथा पुननिर्माणले आर्थिक वृद्धिमा टेवा पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।

http://www.un.org/en/development/desa/policy/wesp/

प्रतिक्रिया दिनुहोस्
MBL