Logo

वायोग्यास प्लाण्टलाई उचति अनुदान दिन सरकार तयार, अर्थमन्त्री भन्छन्, ‘स्पष्ट योजना ल्याउनुस’

वायोग्यास प्लाण्टलाई उचति अनुदान दिन सरकार तयार, अर्थमन्त्री भन्छन्, ‘स्पष्ट योजना ल्याउनुस’


बिजखबर संवाददाता
0
Shares

अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रबद्र्धनकमा आवश्यक लगानी गर्न सरकार तयार रहेको बताएका छन् । यसका लागि स्पष्ट योजना ल्याउन सरोकारावाला निकायलाई आग्रह समेत गरेका छन् ।
नेपाल वायोग्यास प्रबद्र्धन सङ्घको २१ औं वार्षिक साधारण सभाको उद्घाटनपछि सभालाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षभित्र थप ७० हजार घरधुरीमा वायोग्यास प्लान्ट आवश्यक पर्ने अनुदानको व्यवस्थापन गर्न सरकार तयार रहेको बताए ।
उनले वायो ग्यास प्रवद्र्धनका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र र वायोग्यास प्रबद्र्धन सङ्घको सहकार्यमा स्पष्ट योजना ल्याउन समेत आग्रह गरे । ‘व्यायोग्यास प्लान्टका विषयमा व्यवस्थित र मूर्त प्रस्ताव १५ दिनभित्र लिएर आउनुहोस्,’ उनले भने,  ‘यस विषयलाई सम्बोधन गर्नका लागि मैले पहल लिन्छु, सहयोग गर्न सरकार तयार छ ।’ उनले ग्रामीण चरित्रका नगरपालिकामा यस्ता आयोजनालाई कार्यान्वयनमा लैजान सुझाव समेत दिए ।
पचास वर्षको वायोग्यासको अनुभवमा जम्मा तीन लाख ५० हजार घरधुरीलाई मात्रै वायोग्यास उपलब्ध गराउन सकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले नीति तथा व्यवस्थामा भूल भएका कारण उल्लेखीत सफलता हासिल हुन नसकेको औल्याए । वर्तमान सररकाले समस्या समाधानको ध्यान दिने प्रतिवद्धता जनाए ।
मुलुकले सामना गरिरहेको ऊर्जा समस्या समाधानका लागि सरकार तथा निजी क्षेत्रबाट भएका प्रयासहरु पर्याप्त नभएको बताउँदै अर्थमन्त्री पौडेलले भने ‘ऊर्जा सङ्कट समाधानका लागि कुनै एक विधालाई मात्रै अघि बढ्नु पर्याप्त हुँदैन, यसअर्थमा यसको दीर्घकालिन समाधानका लागि जलविद्युत आयोजनामा केन्द्रित होऔला तर तत्कालका समस्यालाई समाधानका लागि वैकल्पिक ऊर्जा ध्यान दिँनैपर्छ । सौर्य र बायो ग्यासलाई प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्छ ।’
उनले संस्थाको भविष्य निर्धाण गर्ने महत्वपूर्ण समय हो थप उपलब्धी आर्जन गर्ने गरी साधारण सभाले निर्णय गर्न सफल हुने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले भाषणमा मात्र सीमित नभइ स्पष्ट काम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदै आफु त्यसमा प्रतिबद्ध भएको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL